• New Baneshwor-31, Kathmandu, Nepal
  • Monday - Friday
  • drop us an email info@nepalsecgov.org
  • 24/7 emergency service +977-1-4104027
  • Donate Now

संसदीय लोकतन्त्रबारे पत्रकारलाई तालिम

धुलिखेल : नेपाल सेन्टर फर सेक्युरेटी गर्भर्नेन्स (एनसिएसजी) को आयोजना तथा युएनडीपीको संसद सहयोग परियोजनाको सहयोगमा देशभरका पत्रकारहरूलाई संसदीय लोकतन्त्र र पत्रकारिता विषयक तालिम दिइएको छ। 

annapurna post

सातवटै प्रदेश र संघीय संसदमा रिपोटिङ गरिरहेका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न काभ्रेपलान्चोकको धुलिखेलमा तीन दिने तालिम दिइएको हो। 

तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धि भई संसदीय लोकतन्त्र र संघीयता सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने एनसिएसजीका अभयराज जोशीले बताए। 

तालिमलाई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, पत्रकार हरिबहादुर थापा, जगत नेपाल, कानून आयोगका पूर्वअध्यक्ष माधव पौडेल, प्रतिनिधि सभाका निवर्तमान सांसद डा. दीपकप्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले सहजीकरण गरेका थिए। 

सहभागीहरूलाई संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास, संसदीय पत्रकारिताको अन्तराष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरूलाई आवश्यक ज्ञान, सिप अनुभव लगायतका विषयमा जानकारी गराइएको थियो। 

सहभागी पत्रकारहरूले संसदमा सूचना संकलनका क्रममा भोगेका समस्याहरू, संसदीय पत्रकारिताका जटिलता र अविस्मरणीय घटनाहरू सुनाएका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै युएनडिपीको संसद सहयोग परियोजना प्रमुख राजबहादुर श्रेष्ठ र टिम लिडर डिलादत्त पन्तले संसदीय लोकतन्त्रबारे जानकारी दिनुका साथै आगामी दिनमा पनि यस किसिमको कार्यक्रम प्रदेशस्तरसम्म पुर्‍याइने बताए। 

देशभरका पत्रकारहरुलाई संसदीय लोकतन्त्रबारे तालिम

धुलिखेल । काभ्रेको धुलिखेलमा संसदीय लोकतन्त्र र पत्रकारिताबारे सातै प्रदेशका पत्रकारहरुलाई तालिम दिइएको छ । नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्स (एनसिएसजी) को आयोजना तथा (युएनडिपी) संसद् सहयोग परियोजनाको सहयोगमा पत्रकारहरुलाई भेला पारेर संसदीय लोकतन्त्र र पत्रकारिता विषयक तीन दिने तालिम दिएको हो ।

सात वटै प्रदेश र संघीय संसदमा रिपोटिङ गरिरहेका पत्रकारहरूको क्षमता अभिवृद्धिमार्फत संसदीय लोकतन्त्र र संघीयता सुदृढीकरणमा लक्षित रहेर आयोजना गरिएको जनाइएको छ ।

पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, अग्रज पत्रकार हरिबहादुर थापा, जगत नेपाल, कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल र निवर्तमान सांसद डा.दीपकप्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास, संसदीय पत्रकारिताको अन्तराष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरूलाई आवश्यक ज्ञान, सिप अनुभवलगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले संघ र प्रदेशको संसदमा रिपोर्टिङ गर्दाको अनुभव, जटिलता र अविस्मरणीय घटनाहरूको चर्चा गरेका थिए । कार्यक्रममा युएनडिपीको संसद् सहयोग परियोजनका प्रमुख राजबहादुर श्रेष्ठ र टिम लिडर डिलादत्त पन्तले संसदीय लोकतन्त्रबारे जानकारी तथा सञ्चारकर्कीको क्षमता अभिवृद्धिमा मद्दत गर्न खोजिएको बताए ।

कार्यक्रममा एनसीएसजीका अभयराज जोशी र चिरन्जिवी भण्डारीले आगामी दिनमा पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि अन्य कार्यक्रमहरु पनि आयोजना गरिने बताए ।

संसदीय लोकतन्त्रबारे नेपाल भारतका पत्रकारको तीन दिने तालिम

धुलिखेल/ सङ्घ र प्रदेशमा रहेका आठवटै संसदलाई अझ प्रभावकारी बनाउन संसदीय पत्रकारहरुको भूमिका अझ अह्म हुने यहाँ बताइएको छ ।

संसदका समग्र गतिविधी र सकरात्मक तथा विग्रेका कुरालाई बारम्बार उठाउन सकेमा आठवटै संसद प्रभावकारी हुने बताइएको हो ।

युएनडिपी संसद सहयोग परियोजनाको सहयोग र नेपाल सेन्टर फर सेक्यूरिटी गर्भर्नेन्सको आयोजनामा संसदीय लोकतन्त्र र पत्रकारिता विषयक तीन दिने कार्यक्रममा सो छलफल भएको हो ।

कार्यक्रम नेपालका सात वटै प्रदेश र संघीय संसदमा केन्द्रीत रहेर पत्रकारिता गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धि मार्फत संसदीय लोकतन्त्र र संघीयता सुदृढिकरणमा लक्षित रहेर आयोजना गरिएको थियो ।

सो कार्यक्रममा पत्रकार जगत नेपाल, हरिबहादुर थापा, शिव गाउले, कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल र निवर्तमान प्रतिनिधि सभाका सदस्य दीपकप्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास, संसदीय पत्रकारितको अन्तराष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई आवश्यक ज्ञान, सीप अनुभव लयायतका विषयहरुमा छलफल गरेका थिए ।

सो अवसरमा सहजकर्ताहरुले पत्रकारहरुले आफूले उठाएको विषयवस्तुलाई निरन्तर उठाउरहदा सकरात्मक नतिजा आउने धारणा समेत राखेका थिए । यस्तै गरेर संसदमा संविधान, ऐन, नियम पालना कत्तिको भएको छ, सरकार प्रमुख, मन्त्री र सांसदहरुले संसदमा कति समय दिएका छन्, संसदका बैठक र छलफलमा भाग नलिनेको रोचक समाचार बनाउनदा राम्रो गर्नेले प्ररित गर्ने र गल्ती गर्नेलाई सच्चिने मौका मिल्ने धारणा पनि कार्यक्रमका सहजकर्ताले राखेका थिए ।

कार्यक्रमका सहभागी पत्रकारले संघीय र प्रादेशिक संसदका संसदीय अभ्यास, रिपोर्टिङको अनुभव, जटिलता र अविस्मरणिय घटनाको चर्चा गरेका थिए ।

कार्यक्रममा युनडिपीको संसद सहयोग परियोजनका प्रमुख राजबहादुर श्रेष्ठ र टिम लिडर दिलादत्त पन्तको समेत सहभागिता थियो ।

कार्यक्रमको समन्वय नेपाल सेन्टर फर सेक्यूरिटी गर्भन्नेसका अध्यक्ष अभयराज जोशी र सहजीकरण चिरन्जीवी भण्डारीले गरेका थिए ।

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तीन दिने तालिम

युएनडिपी संसद सहयोग परियोजनाको सहयोग र नेपाल सेन्टर फर सेक्यूरिटी गर्भर्नेन्सको आयोजनामा संसदीय लोकतन्त्र र पत्रकारिता विषयक ३ दिने कार्यक्रम सम्पन्न भएको छ।

देशका सात वटै प्रदेश र संघीय संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धि मार्फत संसदीय लोकतन्त्र र संघीयता सुदृढिकरणमा लक्षित रहेर आयोजना गरिएको कार्यक्रममा पत्रकार जगत नेपाल, हरिबहादुर थापा, शिव गाउले, कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल र सांसद दिपक प्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास,  संसदीय पत्रकारितको अन्तराष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई आवश्यक ज्ञान, सिप अनुभव लयायतका विषयहरुमा छलफल गरेका थिए ।

कार्यक्रममा सहभागि पत्रकारले संघीय र प्रादेशिक संसदका संसदीय अभ्यास, रिपोर्टिङको अनुभव, जटिलता र अविस्मरणिय घटनाको चर्चा गरेका थिए।

 कार्यक्रममा युनडिपीको संसद सहयोग परियोजनका प्रमुख राज बहादुर श्रेष्ठ र टिम लिडर  दिलादत्त पन्तको समेत सहभागिता थियो । 

संसदीय लोकतन्त्रबारे देशभरका सञ्चारकर्मीलाई दिइयो प्रशिक्षण 

नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्स(एनसिएसजी)ले संसदीय लोकतन्त्र र पत्रकारिताबारे देशभरका सञ्चारकर्मीलाई प्रशिक्षण दिएको छ। देशभरका सञ्चारकर्मीलाई युएनडिपी संसद् सहयोग परियोजनाको सहयोगमा भेला पारेर एनसिएसजीले संसदीय लोकतन्त्र र पत्रकारिता विषयमा काभ्रेको धुलिखेलमा तीनदिने प्रशिक्षण दिएको हो।

देशका सातवटै प्रदेश र संघीय संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धिमार्फत संसदीय लोकतन्त्र र संघीयता सुदृढीकरणमा लक्षित रहेर आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यक्तिले प्रस्तुति दिएका थिए।

पत्रकार हरिबहादुर थापा, शिव गाउँले, जगत नेपाल, कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल र निवर्तमान सांसद डा.दीपकप्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास, संसदीय पत्रकारिताको अन्तर्राष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरूलाई आवश्यक ज्ञान, सिप अनुभवलगायतका विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा सहभागी पत्रकारहरूले संघीय र प्रादेशिक संसद्का संसदीय अभ्यास, रिपोर्टिङको अनुभव, जटिलता र अविस्मरीय घटनाहरूको चर्चा गरेका थिए। कार्यक्रममा युएनडिपीको संसद् सहयोग परियोजनका प्रमुख राजबहादुर श्रेष्ठ र टिम लिडर दिलादत्त पन्तले संसदीय लोकतन्त्रबारे जानकारी तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा मद्दत गर्न खोजिएको बताए।