“सुरक्षा मामिलामा मानव केन्द्रित बिषयलाई पनि ध्यान दिनुपर्छ”
प्रतिनिधिसभाका सांसदहरुले मुलुकको सुरक्षाको सवालमा परम्परागत सुरक्षाका चुनौतिको सम्वोधन गरेर मात्र नहुने भन्दै मानव केन्द्रित बिषयलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । नेपालको सन्दर्भमा सुरक्षाको सवाल हेर्दा भू–राजनीतिक धरातलका कारण विशिष्टकृत अवसर र चुनौति रहेको उनीहरुको भनाइ छ ।
नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्स नामक संस्थाले आयोजना गरेको कार्यशालामा बोल्दै प्रतिनिधिसभाको अर्न्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले गरिबी, अशिक्षा, बेरोजगारी, भ्रष्टाचार लगायतका सवाल सुरक्षाका लागि साझा चुनौति भएको बताउनुभयो । कार्यशालामा अर्न्तराष्ट्रिय संसदीय सुपरिवेक्षणको अभ्यास र सुरक्षा क्षेत्रको अवस्था तथा अनुभवका बारेमा छलफल भएका थियो ।
कार्यशालामा सहभागी संघीय तथा प्रदेश सभाका सांसदहरुले संसदीय अभ्यास र त्यसको सुपरिवेक्षण अवस्थाका बारेमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए । प्रदेश सभाका सांसदहरुले संघीय प्रहरी ऐन निर्माणमा ढिलाइ भइरहेको भन्दै प्रदेश प्रहरीको गठन लगायतका विषयमा काम अघि बढाउन तयार रहेको बताएका छन् ।
Source: https://radiokantipur.com/national/2021/08/10/1628568656