• New Baneshwor-31, Kathmandu, Nepal
  • Monday - Friday
  • drop us an email info@nepalsecgov.org
  • Contact +977 15916027
  • Donate Now

संसदीय लोकतन्त्रबारे देशभरका सञ्चारकर्मीलाई दिइयो प्रशिक्षण 

  • Home
  • संसदीय लोकतन्त्रबारे देशभरका सञ्चारकर्मीलाई दिइयो प्रशिक्षण 
संसदीय लोकतन्त्रबारे देशभरका सञ्चारकर्मीलाई दिइयो प्रशिक्षण 

संसदीय लोकतन्त्रबारे देशभरका सञ्चारकर्मीलाई दिइयो प्रशिक्षण 

नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्स(एनसिएसजी)ले संसदीय लोकतन्त्र र पत्रकारिताबारे देशभरका सञ्चारकर्मीलाई प्रशिक्षण दिएको छ। देशभरका सञ्चारकर्मीलाई युएनडिपी संसद् सहयोग परियोजनाको सहयोगमा भेला पारेर एनसिएसजीले संसदीय लोकतन्त्र र पत्रकारिता विषयमा काभ्रेको धुलिखेलमा तीनदिने प्रशिक्षण दिएको हो।

देशका सातवटै प्रदेश र संघीय संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धिमार्फत संसदीय लोकतन्त्र र संघीयता सुदृढीकरणमा लक्षित रहेर आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यक्तिले प्रस्तुति दिएका थिए।

पत्रकार हरिबहादुर थापा, शिव गाउँले, जगत नेपाल, कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल र निवर्तमान सांसद डा.दीपकप्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास, संसदीय पत्रकारिताको अन्तर्राष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरूलाई आवश्यक ज्ञान, सिप अनुभवलगायतका विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा सहभागी पत्रकारहरूले संघीय र प्रादेशिक संसद्का संसदीय अभ्यास, रिपोर्टिङको अनुभव, जटिलता र अविस्मरीय घटनाहरूको चर्चा गरेका थिए। कार्यक्रममा युएनडिपीको संसद् सहयोग परियोजनका प्रमुख राजबहादुर श्रेष्ठ र टिम लिडर दिलादत्त पन्तले संसदीय लोकतन्त्रबारे जानकारी तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा मद्दत गर्न खोजिएको बताए।