• New Baneshwor-31, Kathmandu, Nepal
  • Monday - Friday
  • drop us an email info@nepalsecgov.org
  • Contact +977 15916027
  • Donate Now

पहिलोपटक नेपाल–चीन सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती

  • Home
  • पहिलोपटक नेपाल–चीन सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती
पहिलोपटक नेपाल–चीन सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती

पहिलोपटक नेपाल–चीन सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती

काठमाडौं । पहिलोपटक सशस्त्र प्रहरीको गस्ती टोली नेपाल–चीन सीमा १ नम्बर पिलर पुगेको छ । 

सीमा सुरक्षामा खटिएको छाङ्रुमा बोर्डर आउट पोस्ट (बीओपी) को २५ जनाको टोली गस्तीका क्रममा पहिलोपटक नेपाल–चीन सीमा १ नम्बर स्तम्भमा पुगेको हो । छाङरुमा स्थापना भएको आउट बोर्डर पोस्ट आसपास मात्रै गस्ती गर्ने गरेको सशस्त्र प्रहरी पहिलोपटक गस्तीका क्रममा १ नम्बर पिलर पुगेको हो ।

यस्तै असार ३ गते सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाले छाङरु भ्रमण गरेका थिए । असार ३ गते सीमा गस्तीमा हिँडेको सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको २५ जनाको टोली नेपाल–चीन सीमासम्म पुगेर आइतवार फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले जानकारी दिए । “३ असारमा फोर्स मार्चमा गएको टोली नेपाल चीन सीमा क्षेत्रको १ नम्बर पिलर पुगेर फर्किएको छ । छाङ्रुमा बीओपी स्थापना भएपछि पहिलोपटक त्यहा पुगेको हो,” डीएसपी विष्टले भने ।

सशस्त्र प्रहरीले लिपुखोलामा भारतीय पक्षले लगाएको काठेपुलसमेत हटाएको छ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको आधिकारिक नक्सा, तथा निशान छाप जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ । गत वैैशाख ३१ गते व्यास गाउँपालिका १ स्थित छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।

Source: https://baahrakhari.com/news-details/268399/2020-06-22