• New Baneshwor-31, Kathmandu, Nepal
  • Monday - Friday
  • drop us an email info@nepalsecgov.org
  • Contact +977 15916027
  • Donate Now

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तीन दिने तालिम

  • Home
  • पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तीन दिने तालिम
पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तीन दिने तालिम

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तीन दिने तालिम

युएनडिपी संसद सहयोग परियोजनाको सहयोग र नेपाल सेन्टर फर सेक्यूरिटी गर्भर्नेन्सको आयोजनामा संसदीय लोकतन्त्र र पत्रकारिता विषयक ३ दिने कार्यक्रम सम्पन्न भएको छ।

देशका सात वटै प्रदेश र संघीय संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धि मार्फत संसदीय लोकतन्त्र र संघीयता सुदृढिकरणमा लक्षित रहेर आयोजना गरिएको कार्यक्रममा पत्रकार जगत नेपाल, हरिबहादुर थापा, शिव गाउले, कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल र सांसद दिपक प्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास,  संसदीय पत्रकारितको अन्तराष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई आवश्यक ज्ञान, सिप अनुभव लयायतका विषयहरुमा छलफल गरेका थिए ।

कार्यक्रममा सहभागि पत्रकारले संघीय र प्रादेशिक संसदका संसदीय अभ्यास, रिपोर्टिङको अनुभव, जटिलता र अविस्मरणिय घटनाको चर्चा गरेका थिए।

 कार्यक्रममा युनडिपीको संसद सहयोग परियोजनका प्रमुख राज बहादुर श्रेष्ठ र टिम लिडर  दिलादत्त पन्तको समेत सहभागिता थियो ।