• New Baneshwor-31, Kathmandu, Nepal
  • Monday - Friday
  • drop us an email info@nepalsecgov.org
  • Contact +977 15916027
  • Donate Now

जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा, नेपाली सेना ।

  • Home
  • जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा, नेपाली सेना ।
जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा, नेपाली सेना ।

जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा, नेपाली सेना ।

पृतनापति समन्वयात्मक बैठक २०७७’ को समापन

१.  मिति २०७७असार 0५ र ऐ.०७ गते जंगी अड्डामा आयोजित दुई दिने पृतनापति समन्वयात्मक बैठक २०७७को आजमिति २०७७ आषाढ ०७ गते प्रधानसेनापतिमहारथी पूर्णचन्द्र थापाले समापन गर्नु भएको छ ।

२.  नियमित रुपमा आयोजना हुने समन्वयात्मक बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्यप्रगति विवरण रसमिक्षाकोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती रसुझावलगायत अन्य परिस्थितीजन्य विषयहरु सम्बन्धमाप्रस्तुतिकरणर छलफल भएको    थियो ।

३.  बैठक समापनको अवसरमा प्रधानसेनापति महारथी थापाले निर्देशन दिनु हुँदै नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले पद्धती र प्रणालीमा आधारित संगठन निर्माणमा सम्पूर्ण सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्न निर्देशन दिनु हुँदै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्यपथमा लाग्न निर्देशन दिनु भयो । साथै राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्रभाव र असरहरुको सुक्ष्म अध्ययन विश्लेषण गर्दैविकसित परिस्थिती सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न समेत निर्देशन दिनु भयो । 

४.  बैठकमा पि.एस.ओज. रथीबृन्द, सबै पृतना हे.क्वा.का पृतनापतिहरुलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिती रहेको थियो । 

५.  यस किसिमको समन्वयात्मक बैठकर सहभागीहरुबाट प्राप्त  महत्त्वपूर्ण राय सुझावहरुले नेपाली सेनाकोआगामी कार्यदिशा तय हुनका साथैनीतितथा योजनानिर्माणमासमेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएकोछ ।