• New Baneshwor-31, Kathmandu, Nepal
  • Open 10am-5pm: Monday - Friday
  • drop us an email info@nepalsecgov.org
  • 24/7 emergency service +977-1-4104027
  • Donate Now

News Detail

एनसीएसजीको आयोजनामा संसदीय सुपरीवेक्षण कार्यशाला

एनसीएसजीको आयोजनामा संसदीय सुपरीवेक्षण कार्यशाला

काठमाडौं– नेपाल सेन्टर फर सेक्युरीटी गभर्नेन्स (एनसीएसजी)को आयोजनामा तीनदिने संसदीय सुपरीवेक्षण तथा छलफल र अनुभव आदान–प्रदान सम्बन्धी कार्यशाला गरिएको छ।

सुरक्षा र सुशासन सम्बन्धी काम गर्दै आइरहेको एनसीएसजीले प्रतिनिधि सभा एवं प्रदेश सभाका सदस्यहरूका लागि काभ्रेको धुलिखेलमा तीनदिने कार्याशाला गरेको हो।

कार्याशालामा अन्तर्राष्ट्रिय संसदीय सुपरीवेक्षण अभ्यास र सुरक्षा क्षेत्रको अवस्था र अनुभवका बारेमा छलफल भएको छ।

कार्यशालामा सहभागी संघीय तथा प्रदेश सभाका सांसदहरूले संसदीय अभ्यास र त्यसको सुपरीवेक्षण अवस्थाका बारेमा आफ्नो अनुभव प्रस्तुत गरेका संस्थाका अध्यक्ष अभयराज जोशीले बताए।

Source:https://nepallive.com/story/255254